रास्वपाको उपसभापति दौडबाट समीक्षा बाँस्कोटा बाहिरिईन्, सोबिता गौतमलाई समर्थन
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की खुला उपसभापति पदकी उम्मेदवार समीक्षा बाँस्कोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। उनले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं पार्टी नेतृ सोबिता गौतमलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।
बाँस्कोटाको उम्मेदवारी फिर्तासँगै उपसभापति पदमा सोबिता गौतम थप बलियो उम्मेदवारका रूपमा देखिएकी छन्। बाँस्कोटा यसअघि ‘शील साझाका’ अध्यक्षका रूपमा परिचित थिइन् र पछि रास्वपामा प्रवेश गरेकी थिइन्।