रास्वपाको महिला उपसभापतिमा तोशीमा कार्की र सोबिता गौतमबीच प्रतिस्पर्धा
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापति पदमा डा. तोशीमा कार्की र कानुनमन्त्री सोबिता गौतमबीच प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन आयोगले सहमति नजुटेका पदहरूको अन्तिम सूची सार्वजनिक गर्दै दुवैको उम्मेदवारी कायम राखेको हो।
यसअघि पार्टी नेतृत्वले कोषाध्यक्ष लिमा अधिकारीलाई महिला उपसभापति बनाउने प्रयास गरे पनि कार्की र गौतमले उम्मेदवारी फिर्ता नलिएपछि उक्त प्रयास असफल भएको बताइएको छ। पार्टीको ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ सिद्धान्तका कारण नेतृत्वले पुनर्विचार गर्न सुझाव दिए पनि सहमति नजुटेपछि अब उक्त पदका लागि निर्वाचन हुने भएको छ।