ऊर्जा मन्त्रालयले जलस्रोत तथा नवीकरणीय ऊर्जा विधेयक अघि बढाउने तयारी
काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत, नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतासम्बन्धी विधेयक अघि बढाउने तयारी गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ ले विद्युत विकास विभाग र विद्युत नियमन आयोगका कर्मचारीसँगको छलफलका क्रममा विधेयकमा सुझाव दिन आग्रह गरेका छन्। उनले उत्पादित विद्युत खेर जान नदिन र जनताको लगानी सुरक्षित गर्नुपर्नेमा जोड दिएका छन्।
मन्त्री श्रेष्ठले विद्युत उत्पादन तीव्र रूपमा बढे पनि खपत विस्तार र प्रसारण पूर्वाधार कमजोर रहे देश ऋणको जोखिममा पर्न सक्ने चेतावनीसमेत दिएका छन्।
उनका अनुसार आगामी वर्षभित्र एक दर्जनभन्दा बढी रणनीतिक प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइनेछ। साथै, जलविद्युत विकासमा नयाँ मोडालिटी अपनाउँदै लगानी सुरक्षासहित परियोजना अघि बढाइने उनले बताएका छन्।