माइतीघरमा सुकुम्बासीको प्रदर्शन, बास व्यवस्थाको माग
काठमाडौँ — सुकुम्बासीहरूले मंगलबार राजधानीको माइतीघरमा प्रदर्शन गर्दै तत्काल बासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
आफूहरू बेघर भएको ३० दिन बितिसक्दा पनि वैकल्पिक बसोबासको व्यवस्था नभएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनमा सहभागीहरूले “जबर्जस्ती उठिबास बन्द गर”, “सरकार तैले खोजेको विकास कि विनाश” र “गरिबमाथि अन्याय बन्द गर” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
उनीहरूले राज्यले वैकल्पिक व्यवस्था नगरी गरिएको हटाउने प्रक्रिया अन्यायपूर्ण भएको दाबी गर्दै दीर्घकालीन समाधानको माग गरेका छन्।
प्रदर्शन शान्तिपूर्ण रहेको र सुरक्षाकर्मीको निगरानीमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ।