नेप्से परिसूचक ९.२४ अंकले घट्यो, कारोबार ४.८५ अर्बमा सीमित
काठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ९.२४ अंकले घट्दै २,७७७.१० विन्दुमा पुगेको छ। लगातारको उतारचढावबीच बजारमा गिरावट देखिएको हो।
Nepal Stock Exchange का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.४५ अंकले घटेर ४७४.२९ विन्दुमा झरेको छ।
आज कुल ३४० कम्पनीका १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता शेयर कारोबार हुँदा बजारमा रु ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० बराबरको कारोबार भएको छ।
कारोबार भएका कम्पनीमध्ये ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ। ११ कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत् कम्पनी, रिडी पावर कम्पनी, साहस ऊर्जा, ङ्यादी ग्रुप पावर र अपि पावर कम्पनी अगाडि रहेका छन्।
दिनभरको कारोबारमा कालिञ्चोक हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, सिर्जनशील लघुवित्त वित्तीय संस्था र नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले नाफा कमाएका छन्।
त्यसैगरी सुपर खुदी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त, एनआईसी एसिया बैंक र सालपा विकास बैंकका लगानीकर्ताले भने घाटा व्यहोरेका छन्।