सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो
काठमाडौं — स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि २ लाख ९० हजार ९०० रुपैयाँ कायम गरिएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ। शुक्रबार ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।