विद्युत् नियमन आयोगमा अध्यक्ष र ४ सदस्यका लागि आवेदन माग
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगको रिक्त पदाधिकारी पदपूर्तिका लागि आवेदन माग गरेको छ।
खुला प्रतिस्पर्धामार्फत आयोगका एक अध्यक्ष र चार सदस्य पदका लागि बिहीबार सूचना जारी गरिएको हो। तीमध्ये एक सदस्य पद महिलाका लागि सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ।
विद्युत् नियमन आयोग ऐन, २०७४ अनुसार योग्यता र अनुभव पुगेका इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयको विकास सहायता तथा प्राविधिक समन्वय महाशाखामा आवेदन दिन सक्नेछन्।
यसअघि आयोगका अध्यक्षसहित चार सदस्य पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो। त्यसपछि सरकारले नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाएको हो।