काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य सुदृढ गरिने
काठमाडौं — सडक सुरक्षा, सहरी सुरक्षा तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीचको सहकार्य थप बलियो बनाइने भएको छ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भएको भेटमा वर्तमान अवस्था तथा आवश्यकताबारे छलफल गरिएको थियो। छलफलमा सूचना, सञ्चार तथा प्रविधिको प्रयोगमार्फत सहरी सुव्यवस्था कायम गर्न संयुक्त रूपमा काम गर्ने सहमति भएको छ।
दुवै पक्षले आपसी समन्वयलाई सुदृढ गर्दै नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।