सरकारद्वारा थप अध्यादेश राष्ट्रपति कार्यालयमा, संख्या ७ पुग्यो
सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन तथा नियुक्तिसम्बन्धी थप अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ। यससँगै हालसम्म अध्यादेशको संख्या ७ पुगेको छ।
यसअघि संवैधानिक परिषद्, सहकारी ऐन संशोधन, विश्वविद्यालयसम्बन्धी लगायत ६ अध्यादेश पठाइसकिएको छ। अध्यादेशप्रति विपक्षी दलहरूले विरोध जनाएका छन् भने राष्ट्रपति रामचन्द्र पौडेलले छलफलका लागि कानुनविद्हरूलाई बोलाएका छन्।