अबु धाबीमा क्षेप्यास्त्र भग्नावशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी अबु धाबीमा आकाशमै क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा खसेको भग्नावशेष लागेर ७ जना नेपाली नागरिक घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
घटनामा कुल १२ जना घाइते भएका छन्, जसमा ५ जना भारतीय नागरिक पनि रहेका छन्। पछिल्लो समय पश्चिम एशियामा बढ्दो द्वन्द्वका कारण त्यहाँ कार्यरत नेपालीहरूको सुरक्षालाई लिएर चिन्ता बढ्दै गएको छ।
यसअघि पनि यूएईमै एक जना नेपाली नागरिकको ज्यान गइसकेको थियो।