सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेल विशेष अदालतमा उपस्थित
काठमाडौं, असार १५ — पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई जरुरी पक्राउ पुर्जी जारी गरी असार ८ गते सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई थप अनुसन्धानका लागि २० दिनसम्म थुनामा राख्न अनुमति माग गरेको छ। यसअघि असार ९ गते अदालतले प्रारम्भिक चरणमा ७ दिनको म्याद थप अनुमति दिएको थियो।
हाल उनीमाथि अनुसन्धान प्रक्रिया जारी रहेको र अदालतको निर्णयअनुसार थप कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।