कीर्तिपुर होल्डिङ सेन्टरबाट एक सुकुम्बासी नियन्त्रणमा
काठमाडौं, असार १५ — कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जना सुकुम्बासीलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ३९ वर्षीय डम्बरबहादुर तामाङलाई शनिबार सार्वजनिक शान्ति विरुद्धको कसुरमा नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा व्यक्त गरिएको अभिव्यक्तिलाई आधार बनाएर उनलाई नियन्त्रणमा लिइएको हो।
एसपी पवन भट्टराईले तामाङलाई अहिले सिंहदरबार प्रहरी कार्यालयमा राखिएको जानकारी दिए।
यसैबीच, सुकुम्बासी अधिकारका लागि सक्रिय विभिन्न मोर्चाहरूले तामाङको तत्काल रिहाइको माग गर्दै विरोध जनाएका छन्।