देशभर रास्वपाको लहर, तर भूपदेव शाहको पराजय
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति मतदाताको आकर्षण देखिए पनि अछाम–२ मा भने रास्वपाका उम्मेदवार भूपदेव शाह पराजित भएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका पूर्व स्वकीय सचिवसमेत रहेका भूपदेव शाहले ४ हजार ५६२ मत मात्र प्राप्त गर्दै चौथो स्थानमा सीमित भए।
उक्त क्षेत्रमा नेकपा एमालेका यज्ञबहादुर बोगटी ९ हजार ५१८ मतसहित विजयी भए भने नेपाली कांग्रेसका पुष्पबहादुर शाह ९ हजार ४६ मतसहित दोस्रो स्थानमा रहे।
रास्वपाको देशव्यापी लहरबीच पनि भूपदेव शाहको पराजयले स्थानीय राजनीतिक समीकरणको प्रभाव देखिएको विश्लेषण गरिएको छ।