मन्त्रिपरिषद् बैठक बिहीबार अपराह्न बस्दै
बिहीबार अपराह्न मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोरखेलका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने तय भएको हो।
बैठक प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने जनाइएको छ।
सरकारले बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने अपेक्षा गरेको छ।