हेलमेट नलगाई मोटरसाइकल चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई जरिवाना
धनगढी — हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिवाना गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार मुख्यमन्त्री शाहले ट्राफिक नियम उल्लङ्घन गरेको पुष्टि भएपछि प्रचलित कानुनअनुसार जरिवाना तिराइएको हो।
ट्राफिक प्रहरी प्रमुख रेशम आचार्यको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री निवासमै पुगेर जरिवाना असुल गरेको जनाएको छ।
ट्राफिक प्रहरीले हेलमेटको प्रयोग सबै मोटरसाइकल चालकका लागि अनिवार्य रहेको उल्लेख गर्दै कानुन कार्यान्वयनमा कुनै पनि व्यक्तिलाई विशेष छुट नदिइने स्पष्ट पारेको छ।