राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रिपरिषद् र उच्च जिम्मेवारीका लागि छलफल सुरु गर्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्का सदस्यहरू र उच्च जिम्मेवारीका पदाधिकारी चयनका लागि छलफल सुरु गरेको छ।
बिहीबार साँझ काठमाडौंको एक होटलमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्यालबीच संवाद भएपछि शुक्रबारबाट सम्भावित मन्त्रीहरूको नाम तय गर्ने प्रक्रिया अघि बढेको हो।
पार्टीभित्र केही मन्त्रालयमा दुवै नेताले एउटै व्यक्तिलाई प्राथमिकता दिएका छन् भने अन्य मन्त्रालयमा नाम फाइनल हुन बाँकी रहेको छ। साथै, मन्त्रालयमा पठाउने व्यक्ति, संसदीय दलको उपनेता, प्रमुख सचेतक र अन्य जिम्मेवारीमा कानुन बुझ्ने योग्य व्यक्तिको चयनसमेत छलफलमा रहेको छ।
नेताहरूले सभामुख, प्रमुख सचेतक, सचेतक र संसदीय दलको उपनेता पदका लागि पनि योग्य उम्मेदवारबारे विचार गरिरहेका छन्। पार्टी भित्र सभामुख र प्रमुख सचेतक पद नेतृत्व गर्न सक्षम व्यक्तिलाई नियुक्त गर्नुपर्ने माग समेत उठिरहेको छ।