लेबनानमा इजरायली हमलामा मृत्यु हुनेको संख्या १२ पुग्यो
लेबनानमा इजरायली हमलामा बुधबार मात्रै कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
यी घटनामा बाालबेकमा रहेको आवासीय भवनमाथि भएको आक्रमणमा ६ जनाको मृत्यु भएको छ भने बेरुतको दक्षिणमा रहेका अरामुन र सादीयात क्षेत्रमा भएका हमलामा थप ६ जनाको मृत्यु भएको बताइएको छ । त्यस्तै, लगातारको आक्रमणमा २३ जना घाइते भएका छन र २ जना अझै बेपत्ता छन् ।