रोनाल्डोको पेनाल्टी गोलमा पोर्चुगलको बराबरी
फिफा विश्वकपमा क्रिस्टियानो रोनाल्डोले पहिलो पटक नकआउट चरणमा गोल गरेका छन् । पिफा विश्वकप २०२६ अन्तर्गत क्रोएसिया विरुद्धको राउण्ड ३२ को खेलमा रोनाल्डोले पेनाल्टीमा बराबरी गोल गरेका हुन् ।
टोरन्टोमा भइरहेको खेलमा एक गोलले पछि परेको पोर्चुगलका लागि रोनाल्डोले ६८औं मिनेटमा बराबरी गोल फर्काएका हुन् ।
क्रोएसियाका भ्लासिचले पवर्चुगलका रिकार्डो भेइगाको जर्सी तानेपनि भिएआरको सहयोको रेफ्रीले पवर्चुगललाई पेनाल्टी दिएका थिए ।
यस विश्वकपमा रोनाल्डोको यो तेस्रो गोल हो । यसअघि उनले समूह चरणमा उज्वेकिस्तान विरुद्धको खेलमा दुई गोल गरेका थिए ।
विश्वकपमा रोनाल्डोको यो ११औं गोल हो र उनी सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा नवौँ स्थानमा छन् । बराबरीपछि खेल रोमाञ्चक बनेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३औ् मिनेटमा क्रोएसियामा इभान पेरिसिचले गोल गरेका थिए ।