सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा तीन हजार र चाँदी १२५ रुपैयाँले सस्तियो
काठमाडौं — आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला तीन हजार रुपैयाँले र चाँदी १२५ रुपैयाँले घटेको हो।
आज एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी चार हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।
साताको पहिलो दिन आइतबार बजार खुल्दा प्रतितोला छापावाल सुन तीन लाख पाँच हजार ८०० रुपैयाँ र चाँदी चार हजार ९८५ रुपैयाँमा किनबेच भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २५ अमेरिकी डलर तथा चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।