रास्वपाको केन्द्रीय समिति बैठक आइतबार बस्दै
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ।
आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक तय गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बैठकमा पार्टी समायोजन, संगठन विस्तार तथा सुदृढीकरणलगायतका विषयमा छलफल हुने जनाइएको छ।