नेपाली कांग्रेस केन्द्रीय समिति बैठक ६ घन्टापछि सुरु
काठमाडौं, ३० पुस ।नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। बिहान ८ बजेका लागि बोलाइएको बैठक करिब ६ घन्टापछि सुरु भएको हो।
यसअघि हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक बेलुकी साढे ७ बजे सुरु भएलगत्तै स्थगित गरिएको थियो। बैठक पटक–पटक ढिलाइ हुँदै आएपछि पार्टीभित्र चासो बढेको छ।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आन्तरिक व्यवस्थापन तथा आगामी कार्यदिशाबारे छलफल हुने जनाइएको छ।