भेनेजुएलामाथि अमेरिकी सैन्य आक्रमणको नेपाली युवा संगठनद्वारा कडा भर्त्सना
काठमाडौं । अमेरिकी साम्राज्यवादद्वारा भेनेजुएलाको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि गरिएको सैन्य आक्रमण तथा निर्वाचित राष्ट्रपति दम्पत्तीलाई अपहरण गरी अमेरिका लगिएको घटनाप्रति घोर आपत्ति जनाउँदै कडा भर्त्सना गरेका छन्।
युवा संगठनहरूले उक्त घटनाले अमेरिकी साम्राज्यवादको दादागिरीपूर्ण चरित्र र अन्तर्राष्ट्रिय कानुनप्रतिको तिरस्कारलाई स्पष्ट रूपमा उजागर गरेको बताएका छन्। उनीहरूका अनुसार यस्ता एकपक्षीय र हस्तक्षेपकारी कार्यहरू संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन तथा राष्ट्रहरूबीचको समानान्तर सह–अस्तित्वको सिद्धान्तको ठाडो उल्लङ्घन हुन्, जसले विश्व शान्ति र मानवअधिकारलाई गम्भीर खतरा पुर्याएको छ।
नेपाली कम्युनिस्ट पार्टि निकट तिन युवा संगठन वाइसेल नेपाल, युवा संगठन नेपाल र नेपाल समाज वादि युवा संगठनका संयोजक पुष्पवली रोशन थापा र बिनय खड्काले सयुक्त विज्ञप्ति जारी गर्दै विरोध गरेका छन।
साथै, अन्तर्राष्ट्रिय समुदायलाई उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ। नेपाली युवाहरूले साम्राज्यवाद, युद्ध र बाह्य हस्तक्षेपविरुद्ध दृढतापूर्वक उभिँदै उत्पीडित राष्ट्रहरूसँगको ऐक्यबद्ध संघर्षलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।