बालेन बिहीबार सुदूरपश्चिमका तीन जिल्लामा जनसम्पर्क कार्यक्रममा सहभागी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा र अछाम जिल्लामा जनसम्पर्क तथा ‘घण्टी’ अभिवादन कार्यक्रममा सहभागी हुने भएका छन्।
पार्टीका अनुसार बालेनको जनसम्पर्क कार्यक्रम बिहान ७ः३० बजे बझाङको चैनपुरबाट सुरु हुनेछ। त्यसपछि बिहान ११ः३० बजे बाजुराको मार्तडीमा कार्यक्रम आयोजना गरिनेछ।
यसैगरी दिउँसो १२ः१५ बजे अछामको साँफेबगर र दिउँसो २ः१५ बजे मंगलसेनमा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम तय गरिएको छ। कार्यक्रममा बालेनले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको चुनाव चिह्न ‘घण्टी’ मार्फत अभिवादन गर्नेछन्।
रास्वपाले जनसम्पर्क कार्यक्रमको उद्देश्य संगठन विस्तार, स्थानीय समस्या बुझ्ने तथा आगामी राजनीतिक रणनीतिबारे कार्यकर्ता र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने रहेको जनाएको छ। सोही उद्देश्यका लागि बालेन विगत तीन दिनदेखि सुदूरपश्चिम प्रदेशमा रहेका छन्।