नेकपाले जुम्ला–१ बाट नरेश भण्डारीलाई उम्मेदवार चयन
काठमाडौं, ३ माघ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जुम्ला–१ बाट नरेश भण्डारीलाई उम्मेदवार चयन गरेको छ।
भण्डारीले सामाजिक सञ्जालमार्फत आफूलाई पार्टीले उम्मेदवार बनाएको जानकारी गराएका हुन्। जिल्लाले उनलाई एकल सिफारिस गरेको थियो।
पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधव कुमार नेपालले शनिबार भण्डारीलाई उम्मेदवारको टिकट हस्तान्तरण गरेका हुन्।
भण्डारी २०६४ सालमा जुम्लाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए भने २०७४ सालमा उनी कर्णाली प्रदेशसभा सदस्य बनेका थिए। त्यसपछि उनले कर्णाली प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए।