देउवाको लामो नेतृत्वप्रति नेपाली कांग्रेसद्वारा आभार व्यक्त
देउवाको लामो नेतृत्वप्रति नेपाली कांग्रेसद्वारा आभार व्यक्त
vकाठमाडौं, ३ माघ — नेपाली कांग्रेसले पार्टीको नेतृत्व लामो समयसम्म सम्हालेकोमा निवर्तमान सभापति शेरबहादुर देउवाप्रति आभार व्यक्त गरेको छ।
विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले देउवाको योगदानको उच्च मूल्यांकन गर्दै औपचारिक रूपमा आभार प्रकट गर्ने निर्णय गरेको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले देउवाले पार्टीलाई लामो समय नेतृत्व दिएको उल्लेख गरे। “शेरबहादुर देउवाज्यूले लामो समयसम्म पार्टीको नेतृत्व गर्नुभयो। उहाँप्रति हार्दिक आभार व्यक्त गर्ने निर्णय बैठकले गरेको छ,” उनले भने, “आगामी दिनमा पनि उहाँबाट अभिभावकीय भूमिका निर्वाह हुने विश्वास बैठकले लिएको छ।”
पार्टी सभापति गगन थापाको नेतृत्वमा नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा बैठक सम्पन्न भएको थियो।