विशेष महाधिवेशनलाई निर्वाचन आयोगको मान्यता, गगन थापा पक्ष खुसी
२ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएपछि सभापति गगन थापा पक्षका कार्यकर्ताहरूले खुसी मनाएका छन्।
निर्वाचन आयोग परिसरबाहिर आज दिउँसोदेखि नै शेरबहादुर देउवा र गगन थापा पक्षका कार्यकर्ताहरू धर्नामा बसेका थिए। आयोगको निर्णय सार्वजनिक हुने प्रतीक्षामा रहेका कार्यकर्ताहरू आयोग परिसर वरिपरि जम्मा भएका थिए।
आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएको निर्णय सार्वजनिक भएलगत्तै गगन थापा पक्षीय कार्यकर्ताहरूले नाराबाजी गर्दै खुसीयाली मनाएका हुन्।
निर्णयपछि आयोग परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो भने स्थिति शान्त रहेको जनाइएको छ।