बाँके–३ का उम्मेदवार खगेन्द्र सुनारसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण
१४ माघ, काठमाडौं — बाँके क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगेन्द्र सुनारसँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार रहेका सुनारले गाईको विषयमा साम्प्रदायिक विद्वेष फैलाउने खालको अभिव्यक्ति दिएको भन्दै आयोगमा उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको जनाएको छ।
प्राप्त उजुरीका आधारमा आयोगले तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न सुनारलाई निर्देशन दिएको छ।
निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको आरोपबारे स्पष्टिकरण मागिएको आयोगले जनाएको छ। आयोगका अनुसार प्राप्त स्पष्टीकरणका आधारमा आवश्यक थप निर्णय लिइनेछ।