विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोलीलाई बिदाइ
नेदरल्यान्ड्समा हुने विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार औपचारिक रूपमा बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघले आयोजना गरेको कार्यक्रममा टोलीलाई सफलताको शुभकामना दिँदै प्रतियोगिताका लागि बिदाइ गरिएको हो।
नेपाल, नामिबिया र घरेलु टोली नेदरल्यान्ड्सबीच हुने शृंखलाअघि नेपाली टोली विशेष तयारीका लागि जर्सी पुग्नेछ। त्यहाँ स्थानीय वातावरणसँग अभ्यस्त हुन नेपालले जुलाई १३ र १५ मा दुई वटा ५० ओभरका अभ्यास खेल खेल्ने तालिका रहेको छ।
हालै घरेलु मैदानमा सम्पन्न आठमध्ये छ खेलमा जित निकालेर उत्साहित बनेको नेपाली टोलीले युरोप भ्रमणमा पनि सोही लय कायम राख्ने लक्ष्य लिएको छ।