फास्ट ट्र्याकको नेपालकै लामो सुरुङको दायाँ ट्युबमा आज ब्रेक थ्रु हुँदै
तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन नेपालकै सबैभन्दा लामो सुरुङमार्गको दायाँ ट्युबमा आज ब्रेक थ्रु हुँदैछ ।
३.४४५ किलोमिटर लम्बाइको उक्त सुरुङको ब्रेक थ्रु राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा हुन लागेको हो ।
योसँगै राष्ट्रिय गौरवको आयोजना फास्ट ट्र्याकअन्तर्गत सुरुङ निर्माणले महत्त्वपूर्ण उपलब्धि हासिल गर्नेछ । महादेवटार सुरुङको दायाँ ट्युबको ब्रेक थ्रुलाई आयोजनाको निर्माण प्रगतिमा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ ।