दरबारमार्गको होटलमा आगलागी, दमकलद्वारा नियन्त्रणको प्रयास जारी
काठमाडौँ । काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा बिहीबार बिहान आगलागी भएको छ।
प्रारम्भिक जानकारीअनुसार होटलभित्र रहेको क्लबको बोर्ड सर्किट सर्ट भएर आगलागी भएको हो। आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी तथा काठमाडौँ महानगरपालिकाका चार वटा दमकल घटनास्थलमा खटिएका छन्।
दमकल र सुरक्षाकर्मीको सक्रिय प्रयासपछि आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ। हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको छैन।
आगलागीको कारण र क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ।