बढुवा भएका १० जना प्रहरी वरिष्ठ उपरीक्षकको पदस्थापन
काठमाडौँ
नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा भएका १० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापन गरिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सुवासचन्द्र बोहरालाई प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा पदस्थापन गरिएको छ। रामप्रकाश शाहलाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा, भुवनेश्वर तिवारीलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा तथा ऋषिराम कँडेललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गत आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखामा पदस्थापन गरिएको छ।
यस्तै, सुरेशप्रसाद काफ्लेलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरी विशेष ब्युरोमा काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा श्याम सिंह चौधरी र अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा नुकल पोरेललाई पदस्थापन गरिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार दिलीप घिमिरेलाई मानवश्रोत विकास विभागमा, पदमबहादुर विष्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा तथा योगेन्द्र सिंह थापालाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा पदस्थापन गरिएको छ।
नेपाल प्रहरीको संगठनात्मक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित यी पदस्थापन गरिएको जनाइएको छ।