रुपन्देही–२ का लागि नेकपाबाट सुवास पाण्डे (विश्वदीप) उम्मेदवार
काठमाडौँ
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का लागि सुवास पाण्डे (विश्वदीप) लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपाले पाण्डेलाई टिकट दिएको पार्टी स्रोतले जनाएको छ। पार्टीले आजै सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ।
यसैबीच, अन्य राजनीतिक दलहरू पनि आ–आफ्ना निर्वाचन क्षेत्रका उम्मेदवारलाई अन्तिम रूप दिने तयारीमा जुटेका छन्। उम्मेदवार चयनसँगै आगामी निर्वाचनको राजनीतिक माहोल थप तातिने संकेत देखिएको छ।