हेटौँडा सडक विवादमा सर्वोच्चमा पेसी तोकियो
काठमाडौँ — हेटौँडा बजार क्षेत्रको सडक विस्तार विवाद सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सुनुवाइका लागि पेसी तोकेको छ। न्यायाधीश कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको हो।
रास्वपा नेतृ र पूर्व सांसद विन्दवासिनी कंसाकारसहित ६ जनाले डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुर लगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। उनीहरूले सडक विस्तारका क्रममा सम्पत्तिको अधिकार र मुआब्जा माग गर्दै मङ्सिर १६ मा सर्वोच्च पुगेका थिए।
सर्वोच्चले मङ्सिर ९ मा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो भने मङ्सिर २६ मा न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीलाई कारण देखाउन आदेश दिएको थियो। त्यसै दिन न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले ‘मिसिल झिकाउने आदेश’ पनि जारी गरेको थियो।