बैतडीमा पाँच नयाँ मतदान केन्द्र थप, मतदाता संख्या बढ्यो
बैतडीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच नयाँ मतदान केन्द्र थपिएका छन्। सिगास–४, दशरथचन्द–७ र ९, शिवनाथ–३ र पाटन–५ मा नयाँ मतदान केन्द्र सञ्चालनमा आउने निर्वाचन कार्यालयले जनाएको छ।
त्यसैगरी, मेलौली–२ को कोटेश्वर आधारभूत विद्यालयमा एउटा मतदान केन्द्र हटाइएको छ। यससँगै जिल्लामा कुल २१४ मतदान केन्द्र कायम भएका छन् भने मतदानस्थल संख्या १२९ यथावत् रहेको छ।
जिल्लामा हाल एक लाख ५६ हजार ३७२ मतदाता छन्, गत निर्वाचनको तुलनामा ६ हजार २१६ मतदाता बढेका छन्।