सर्वोच्च अदालतमा जलेका १० हजार बढी मुद्दाका मिसिल तयार
काठमाडौँ – सर्वोच्च अदालतमा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा लागेको आगलागीमा जलेका मुद्दाहरूको मिसिल तयारीको काम तीव्र भएको छ।
सर्वोच्च अदालतमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये २० हजार मिसिल आगलागीमा जलेका थिए भने चार हजार मात्रै जोगिएका थिए।
सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार, पुस २१ गतेसम्म सेवाग्राही संस्था, महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय गर्दै जलेका मुद्दाहरूको १० हजार ३४० मिसिल तयार पारिएको छ।
सर्वोच्च अदालतले जलेका मुद्दाका मिसिलहरू महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन र सम्बन्धित पक्षहरूलाई उपलब्ध गराउन आग्रह गरेको थियो। हाल मिसिल सङ्कलनको काम निरन्तर जारी छ।