कांग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक
काठमाडौं, ३० पुस ।नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ।
निर्वाचन समितिका अनुसार आज दिउँसो ४ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन हुनेछ। उम्मेदवारमाथि दाबी–विरोध भने ४ बजेदेखि ४:३० बजेसम्म दर्ता गर्न सकिनेछ।
त्यसपछि उम्मेदवारहरूको अन्तिम नामावली साँझ ६ बजे सार्वजनिक गरिनेछ। समितिका अनुसार मतदानको सूची राति ८ बजेदेखि १ बजेसम्मका लागि निर्धारण गरिएको छ।
विशेष केन्द्रीय महाधिवेशनमार्फत पार्टी नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया तीव्र रूपमा अघि बढाइएको निर्वाचन समितिले जनाएको छ।