झापा–५ बाट एमालेले अध्यक्ष ओलीको नाम सिफारिस
काठमाडौं — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं. ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको छ।
आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी झापा–५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो।
नेकपा एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार झापा–५ का लागि अध्यक्ष ओलीको नाममा सबैको सहमति जुटेको छ।