सिन्धुलीमा पिकनिकबाट फर्किँदै गरेको मिनी ट्रक दुर्घटना, १५ जना घाइते
काभ्रेपलाञ्चोक, १७ पुस
सिन्धुलीमा पिकनिक खाएर फर्किँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित माइस्थान क्षेत्रमा पर्ने बीपी राजमार्गमा माइस्थानबाट जनकपुरतर्फ जाँदै गरेको म.प्र. ०४–००१ च ०१५२ नम्बरको मिनी ट्रक आफैं अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा ट्रकमा सवार १५ जना घाइते भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिएका छन्।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सिन्धुली अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।