सिन्धुलीमा अमेरिकी डलरसहित एक जना पक्राउ
सिन्धुली, ३० पुस । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन्।
खुर्कोट इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ जाँदै गरेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट झापाको मेचीनगर–३ का ३४ वर्षीय युवराज नेवारको नाममा ५७ हजार अमेरिकी डलर फेला परेको हो। उनलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ।