लम्की चोकबाट खैरो हेरोइनसहित युवक पक्राउ
कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित लम्की चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय लम्की तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले सोमबार बिहान रूपन्देहीको मायादेवी गाउँपालिका–३ निवासी २३ वर्षीय बिनय मिश्रलाई १६ ग्राम ९ सय १० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मिश्रलाई उक्त पदार्थसहित पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।