ताप्लेजुङको फलैँचा केन्द्रविन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प
काठमाडौँ — ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार आज बिहान ६ः१३ बजे ४.६ रेक्टरस्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का ताप्लेजुङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको बताइएको छ। हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन।
यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको थियो। नेपाल हिमाली क्षेत्र भएकाले विभिन्न समयमा साना तथा मध्यम खालका भूकम्प जाने गरेको भूगर्भविद्हरू बताउँछन्।