कांग्रेस महाधिवेशन: शर्मा–पौडेलले महामन्त्रीमा उम्मेदवारी दिए
काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवारी दिएका छन्।
निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा भने गगन थापाको मात्रै एकल उम्मेदवारी दर्ता भएको छ। बुधबार बिहान सहमतिका लागि थापा र शर्मा सभापति शेरबहादुर देउवासँग वार्ता गरेका थिए, तर वार्ता सफल भएन।
हाल दुई महामन्त्री कानुन विद्हरूसँग परामर्शमा रहेका छन्। निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवारको नामावली आज दिउँसो १ बजे सार्वजनिक गरिनेछ।