सुनको मूल्य तोलामा ३ लाख नजिक, चाँदी पनि बढ्यो
काठमाडौँ — आइतबार सुनको मूल्य तोलामा नयाँ उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि शुक्रबार सुनको मूल्य तोलामा ३ लाख १ हजार ४० रुपैयाँ कायम थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा ६ हजार १९० रुपैयाँ रहेको चाँदी आइतबार तोलामा ६ हजार ४८० रुपैयाँ पुगेको छ।