अनेरास्ववियु अध्यक्ष दीपक धामी डोटीबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस
कैलाली, २० पुस ।नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष दीपक धामी डोटीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् ।
डोटीमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ । सो क्षेत्रका लागि धामीसहित ८ जनाको नाम उम्मेदवार सिफारिस गरिएको हो ।
सिफारिस हुनेमा पार्टीका उपमहासचिव लेखराज भट्ट, प्रदेश सभा सदस्य चक्र मल्ल, दीर्घ बोगटी, मञ्जु मलासी, महेश्वर भाट, गोविन्द पार्की र दिनेश घर्ती मगर रहेका छन् ।
पार्टीको आन्तरिक प्रक्रियाअनुसार जिल्लाबाट सिफारिस गरिएका नामहरू केन्द्रमा पठाइने र अन्तिम निर्णय पार्टी नेतृत्वले गर्ने जनाएको छ ।