फेस अफ एसवाई २०८२ : मलैसा आचार्य बनिन् टाइटल विनर
काठमाडौं, ३ माघ — एसवाई इन्टरटेन्टमेन्ट प्रालिको आयोजना “फेस अफ एसवाई २०८२ (ब्राण्ड एम्बेसडर हन्ट)” मा मलैसा आचार्य टाइटल विनर बन्न सफल भएकी छन्।
एसवाई बजार नेपालका निर्देशक विमलराज गोसाईका अनुसार कुल दुई करोड रुपैयाँभन्दा बढी पुरस्कारको व्यवस्था भएको यो नेपालकै पहिलो ठूलो ब्राण्ड एम्बेसडर हन्ट हो। प्रतियोगिताबाट तीन मुख्य ब्राण्ड एम्बेसडर छनोट गरिएको छ।
प्रतियोगितामा देशभरका प्रतिभाशाली महिला र पुरुषले सहभागिता जनाएका थिए। पहिलो चरण जुन १ देखि सेप्टेम्बर ३० सम्म चलेको थियो। पहिलो चरणमा भाग लिनका लागि एसवाई थिममा भिडियो बनाउनुपर्ने व्यवस्था थियो। यसबाट उत्कृष्ट ५०० जनालाई छनोट गरी दुई हजार रुपैयाँ बराबरको एसवाई बजार सपिंग भौचर प्रदान गरिएको थियो।
दोश्रो चरणमा उत्कृष्ट १५० जनालाई छनोट गरी १० हजार रुपैयाँ बराबरको सपिंग भौचर दिइयो। त्यसपछि उत्कृष्ट २५ जनालाई फाइनलमा ल्याएर तालिम र परीक्षणको माध्यमबाट टाइटल विनर चयन गरिएको थियो।
फाइनलमा मलैसा आचार्य टाइटल विनर बनेकी छन्। फस्ट रनर अपमा सारा लामा र सेकेण्ड रनर अपमा अपि योन्जन छनोट भएका छन्।