सरकारले नगद कारोबारको सीमा घटायो
१५ मंसिर, काठमाडौं । सरकारले नगद कारोबारको सीमा घटाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा ५ लाख रुपैयाँ वा सोभन्दा माथिको सेवा, वस्तु खरिद–बिक्री तथा अन्य वित्तीय कारोबार अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरेको हो।
यसअघि यो सीमा १० लाख रुपैयाँ थियो। औपचारिक वित्तीय प्रणालीलाई मजबुत बनाउन, आर्थिक कारोबारमा पारदर्शिता बढाउन तथा अवैध गतिविधि नियन्त्रण गर्न सरकारले समय–समयमा नगद कारोबारको सीमा समायोजन गर्दै आएको छ। नयाँ व्यवस्थासँगै ठूलो परिमाणका नगद कारोबारलाई बैंकिङ च्यानलमा ल्याउने सरकारको उद्देश्य स्पष्ट भएको छ।