एमाले ११ औं महाधिवेशनमा ५५५ मत खसेको जानकारी
काठमाडौं, २ पुस — नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा अहिलेसम्म ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा दिउँसो २:३० बजेसम्म उक्त संख्या पुगेको एमाले नेता कुसान लामाले जानकारी दिएका छन्।
एमालेको नयाँ नेतृत्व चयनका लागि २२६३ जना प्रतिनिधिहरू मतदानका लागि दर्ता भएका छन्। मतदानको क्रममा भित्र मत हालिने क्रम जारी रहेको छ भने बाहिर नेता कार्यकर्ताहरूले आफ्ना प्यानलका पक्षमा प्रचारप्रसार गरिरहेका छन्।
निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी वातावरणमा सम्पन्न हुने लक्ष्यका साथ आयोजना गरिएको छ।