एमालेले एक हप्ताभित्र संशोधित विधान प्रकाशन गर्ने
काठमाडौं, ४ पुस – नेकपा एमालेले एक हप्ताभित्र संशोधित विधान प्रकाशन गर्ने भएको छ।
महासचिव शंकर पोखरेलले प्रस्ताव राखेका अनुसार, यो विधानमा पार्टीको दोस्रो विधान महाधिवेशनबाट संशोधन गरिएका सामग्रीसँगै राष्ट्रिय महाधिवेशनले गरेका संशोधन पनि समावेश गरिनेछ।
जारी नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेश गरिएको छ। महासचिव पोखरेलले बैठकमा भने, “पार्टीको दोस्रो विधान महाधिवेशनबाट संशोधित विधानमा राष्ट्रिय महाधिवेशनले गरेको संशोधन समेत समावेश गरी विधान सम्पादन तथा प्रकाशन गर्ने।”
साथै, बैठकमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई जिम्मेवारी प्रदान गर्ने अख्तियारी **केन्द्रीय सचिवालय**लाई दिन प्रस्ताव गरिएको छ।