चाँदीको मूल्य नयाँ उचाइमा, सुनको भाउ घट्यो
६ पुस, काठमाडौं । आइतबार चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला १ सय रुपैयाँले बढेर ४ हजार १०५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ ४ हजार ५ रुपैयाँ थियो ।
यता सुनको भाउ भने आज घटेको छ । महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड कायम भएको थियो ।