जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार गए केपी शर्मा ओली
काठमाडौं–नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक आज प्रधानमन्त्री निवास बालुवाटार गएका छन्।
गत २३–२४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा ओली पदबाट अपदस्त भएका थिए। आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका ओलीले २४ भदौमा बालुवाटारबाटै राजीनामा दिएका थिए र नेपाली सेनाको हेलिकप्टरमार्फत बाहिरिएका थिए। त्यसयता उनी सरकारी निवास बालुवाटार गएका थिएनन्।
आजको भ्रमणसँगै ओली बालुवाटारमा पहिलो पटक उपस्थित भएका हुन्।